२१ कार्तिक २०८३, शनिबार

सफा, हरियो र अर्ग्यानिक जिरी अभियान शुरु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दोलखा, १२ जेड । नेपालको पर्यटकीय नगरी तथा नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरीमा सरसफाई अभियानको शुरुवात गरिएको छ । जिरी नगरपालिकाको अगुवाई तथा जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिको आयोजनामा क्लीन जिरी, ग्रीन जिरी र अर्ग्यानिक जिरीको अवधारणालाई मूर्तरुप दिन सफाई अभियानको शुरुवात गरिएको हो ।

जिरी नगरक्षेत्र भित्र अभियानलाई व्यवस्थित रुपमा अगाडी वढाउनका लागि हालै सम्पूर्ण वडाहरुमा टोल विकास समिति गठन गरिसकिएको छ । अभियानको प्रारम्भका रुपमा आयोजना गरिएको सरसफाई कार्यक्रमको शुरुवात शनिबार बिहान संघीय सांसद शान्ति पाख्रिनले गरे ।

कार्यक्रममा दोलखा जिल्लाबाट संघीय सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसदहरु पशुपति चौलागाई, विशाल खड्का, हिमाल गोलेको, दोलखा जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेलको सहभागिता थियो ।

जिरी नगर क्षेत्रका सुरक्षा निकायका प्रमुखसहित राष्ट्र सेवकहरु, जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित स्वास्थकर्मीहरु, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नगर प्रमुख टंक बहादुर जिरेलले अभियानको बारेमा जानकारी गराएका थिए ।

जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिका प्रत्येक घरबाट कम्तिमा १ जनाको दरले सरसफाई कार्यक्रममा सहभागिता रहेको टोल विकास समितिका अध्यक्ष भूमिराज खड्काले बताए ।