४ कार्तिक २०८३, बुधबार

सर्वनाम आर्ट ग्यालरीमा मिथिला चित्रकला प्रदर्शनी शुरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । दुई वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनम कुमारी दासको एकल कला प्रदर्शनी ‘द स्टोरी अफ मिथिला पेन्टिङ’ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा शुरु भएको छ ।

सर्वनामका संस्थापक तथा वरिष्ठ रंगकर्मी अशेष मल्लले आफूले सर्वनाम भवनलाई नाटक गर्ने थलोमात्र नभई कलाको हरेक विधालाई प्रोत्साहित गर्ने अनि दर्शकका लागि नेपालभरिको कला हेर्न र बुझ्न सक्ने स्थानको रूपमा परिकल्पना गरेको बताए । ‘आज यहाँ मिथिला चित्रकलाको प्रदर्शनी हुँदैछ, मभन्दा खुशी को होला र?’, उनले भने । कलाका सम्पूर्ण विधाहरुलाई एकसाथ एकैथलोमा जमघट गराउने आफ्नो सपना पूरा भएको उनले बताए ।

उद्घाटन कार्यक्रममा मिथिला कलाकार तथा प्राज्ञ एस. सी. सुमनले आफूले दासको कलाकर्म विगतदेखि नियाल्दै आएको र उनको सिर्जनशीलता र प्रस्तुतिकरण अझ पस्किृत हुँदै आइरहेको अवलोकन गरेको बताए । कलामा मिथिला क्षेत्रको समृद्धिको प्रस¨मा उनले भने, ‘मैथिल समुदायमा चित्रकला, गायन र नृत्यलाई विशेष महत्त्व दिइन्छ । मिथिलामा हरेक छोरी कलाकार हुन् ।’

कला समीक्षक तथा कलाकार रमेश खनालका अनुसार मिथिला चित्रकलामा क्रियाशील कलाकारहरू एकदमै सक्रिय छन् । ‘कलाको यो विधा अन्तर्राष्ट्रियकरण हुनुमा उहाँहरूकै क्रियाशीलताले भूमिका खेलेको छ’, उनले थपे ।

प्रदेश नं २ की सांसद डा. रीना यादवले परम्परागत शैलीभन्दा पृथक रङको प्रयोग अनि संयोजन गरी चित्रकलालाई अझ आकर्षक बनाउनमा दासले गरेको काम एकदमै प्रशंसनीय रहेको बताइन् । क्यानभास/कागजमा फ्याब्रिकको प्रयोगबाट बनाइएको चित्रकलामा मिथिलाको इतिहास र संस्कृतिको मिठास भने कायम छ ।

उद्घाटनमा वरिष्ठ र¨कर्मी अशेष मल्ल, वरिष्ठ चित्रकार तथा कला समीक्षक रमेश खनाल, बरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठ, प्राज्ञ तथा रंगकर्मी रमेश रञ्जन झालगायत को उपस्थिती रहेको थियो । एक महिनासम्म चल्ने प्रदर्शनीमा पुनमका २२ वटा पेन्टिङ राखिएको छ ।