शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

साउन १ गतेदेखि विकास निर्माणका कामहरु शुरु हुन्छः प्रकाश ज्वाला

दैनिक नेपाल २०७५ जेठ ११ गते १९:०९


-मिना बुढाथोकी

सल्यान , ११ जेठ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असारे बिकासको अन्त्य भएको बताए । ‘अब पहिले जस्तो असारको महिना विकासका काम गर्ने समय सकियो, असार १ गते प्रदेश सरकारले बजेट ल्याउछ, साउन १ गतेदेखि विकास निर्माणका कामहरु शुरु हुन्छन्’, उनले भने । उनले अब सरकारले तालिका बनाएर नै विकासका कामहरुलाई गति दिने बताए ।

कर्णाली प्रदेशमा सञ्चालन हुने विकास निर्माणका योजनाहरु हचुवाको भरमा छनोट नहुने उनले बताए । हचुवाको भरमा छनोट भएका योजनाहरु समयमा नै सम्पन्न नहुने तथा निश्चित व्यक्ति मात्रै लाभान्भित हुने भएकाले यस प्रदेशले सञ्चालन गर्ने योजनाहरु हचुवाको भरमा छनोट नहुने बताएका हुन् ।

शिवजन माद्यामिक विद्यालय शितलपाटी सल्यानको शुक्रबार ५९ औँ बार्षिक उत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘कर्णाली प्रदेशमा अब बिकास निर्माणका योजनाहरु छनोट गर्दा सम्भाब्यता अध्ययन गरी प्रत्यक्ष रुपमा स्थानीयहरु लाभान्वित हुने खालका योजनाहरु छनोट गरिन्छ ।’ उनले नाताबाद, व्यक्तिगत सम्बन्धका भरमा योजनाहरु छनोट नगर्ने उद्घोष गरे ।

प्रतिक्रिया
सम्बन्धित