५ कार्तिक २०८३, बिहिबार

स्मार्ट लाइसेन्स, एटीएम, नेशनल आईडी लगायतका स्मार्ट कार्ड बनाउने प्रविधि नेपाल भित्रियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ जेठ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो ।

यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य गर्न आफू तयार रहेको मालिका इन्कर्पोरेटले जनाएकोे छ । राजधानीमा एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

स्वास्थ्य, यातायात, शिक्षा, बैंकिङ क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आमनागरिकको दैनिकी सहज हुने विश्वास पनि उनले व्यक्त गरे । आफू प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा जोड दिए ।

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा प्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो ।

यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।