५ कार्तिक २०८३, बिहिबार

हुम्लाका तीन युवा उद्यमी सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल

हुम्ला, ११ जेठ । हुम्ला जिल्लाका तीन जना युवा उद्यमी सम्मानित भएका छन् । जिल्ला युवा समितिको कार्यालय, हुम्लाले जिल्लाका तीन जना युवा उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु शुभकामना प्रिन्टिङ्ग प्रेस संचालक थार्पा ऐडी, आयुस सिरक डसना उद्योग संचालक हिक्मत ऐडी र नन्द मोवाईल सेन्टरका नन्दकुमार सिंह रहेका छन् ।

सदरमुकाम सिमकोटमा सिरक डसना उद्योग संचालक हिक्मत ऐडीले जिल्लामै पहिलो पटक सिरक डसना उद्योग संचालन गरेका र मनग्य आम्दानी गरिरहेकाले उनी छनोटमा परेका जिल्ला युवा समितिका अध्यक्ष कमल बोहराले बताए ।

यस्तै सदरमुकाम सिमकोटमैं कम्प्युटर सेन्टर सहित शुभकामना छापाखाना संचालक थार्पा ऐडीले जिल्लामा छापाखाना ल्याएर अनुकरणीय काम गरेकाले र नन्द मोवाईल सेन्टरका संचालक नन्दकुमार सिंहले पत्रकारितासँगै मोवाईल सेन्टर संचालन गरि आफू स्वरोजगार भई स्थानीय उद्योगमा योगदान पुर्याएकाले प्रोत्साहन तथा सम्मान गरिएको अध्यक्ष बोहराले बताए ।

सम्मानित तीनै जना युवा उद्यमीलाई सम्मानपत्र सहित ४ हजार पाँच सय नगद समेत प्रदान गरिएको छ । तीनै जना उद्यमीहरु आफू स्वरोजगार भई स्थानीय उद्यमको विकासमा टेवा पुर्याएका कारण सम्मानित गरिएको जनाइएको छ ।

जिल्ला युवा समितिले सम्मान गरेकोमा तीनै जना युवा उद्यमीहरुले खुसी व्यक्त गरेका छन् । आफुू सम्मानित हुँदा हौसला मिलेको र आफ्नो व्यवसायमार्फत जिल्लाको आर्थिक उन्नतिमा थप टेवा पुर्याउनेतर्फ आफूहरु लाग्ने उनीहरुले बताएका छन् ।

हरेक वर्ष जिल्लाका युवा उद्यमीलाई सम्मान गर्दै आएको जिल्ला युवा समितिको कार्यालय हुम्लाले गत बर्ष पनि जिल्लाका तीन जना युवा उद्यमीहरुलाई सम्मान गरेको थियो ।