५ कार्तिक २०८३, बिहिबार

डोल्पामा कुक तथा होटल व्यवसाय सम्बन्धी ३५ दिने तालिम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डोल्पा, ११ जेठ । डोल्पामा कुक तथा होटल व्यवसाय सम्बन्धी ३५ दिने तालिम सुरु शुक्रबारदेखि शुरु भएको छ ।

ग्रामीण पुनर्निर्माण संस्था आरआरए द्धारा कार्यक्र लागू भएका साविक १० वटा गाविसका होटल व्यवसायी तथा व्यवसाय गर्न इच्छुकहरुलाई यो तालिम दिन लागिएको हो ।

जापानीज सरकारको आर्थिक सहयोगमा नेपाल सरकारसँग सहकार्य गरि सामुदायिक विकास कार्यक्रम सिडीपी संचालनमा आएको हो ।

तालिममा कार्यक्रम लागू भएका कालिका, नर्कु , सर्मी, रिमी, सुँ, माझफाल, पहाडा, ल्हाँ, त्रिपुराकोट, मुकोट, दुनै गरि ११ गाविसका १९ जना सहभागी छन् ।

तालिमको पहिलो दिन १२ जना सहभागी मात्र उपस्थित भएका छन् । सहभागी भएका १२ जना मध्ये ८ जना महिला र ४ जना पुरुषहरु रहेका छन् ।