
काठमाडौं, १० जेठ । आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । राजधानीको ठमेलमा जुन २९ मा विभिन्न कार्यक्रमका साथ फेस्टीभल आयोजना हुने भएको हो । विहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सोनाम जाङबु शेर्पाले फेस्टीभलमा हुने कार्यक्रमबारे जानकारी दिए ।
‘वसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटि आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं’ संयोजक शेर्पाले भने ‘सफल आरोहीहरुको खुसी तथा अनुभव साटासाट गराउने, पर्यटनसँग सम्बन्ध राख्नेहरुको समस्याहरु, अवसर र चुनौतीका विषयमा सामूहिक छलफल गर्न समेत हुनेछ ।’
सरकारी निकायबाट पर्यटन सचिव कृष्णप्रसाद सापकोटा र आरोहीका तर्फबाट २२ औं पटक सगरमाथा आरोहण गर्ने किर्तिमानी कामीरिता शेर्पा सहभागि जनाइएको छ । ‘सगरमाथा दिवसको अवसरमा पारेर आयोजना हुन लागेको कार्यक्रममा पर्यटनसँग सम्बन्धित क्षेत्रमा भएका वर्तमान समस्याका बारेमा पथ प्रदर्शक, व्यवसायी, आरोही, सरोकारवाला र राज्यवीच अन्तक्र्रिया गरी समाधान खोज्न कार्यक्रमले मार्ग प्रशस्त गर्ने छ’ कार्यक्रमका बारेमा जानकारी दिन जारी प्रेस नोटमा उल्लेख गरेको छ ‘सहासिक खेलकूद प्रतियोगिता, आरोहणका क्रममा खिचिएका/लिइएका तस्वीर र श्रव्यदृश्यको प्रदर्शनी, सांगीतिक कार्यक्रमका साथमा पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने र आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा विक्री÷प्रदान गर्ने लगायतका कार्यक्रम रहेको छ ।’
पर्यटन क्षेत्रका विख्यात व्यक्तित्व, संघसंस्थाका प्रतिनिधी, व्यवसायी, राज्यका प्रतिनिधी लगायतको भव्य उपस्थितीमा हुने कार्यक्रमले लामो समयदेखि आरोहण कार्यमा व्यस्त आरोही–सहयोगीहरुलाई पुनःताजगी, पेशागत समस्याको पहिचान र समाधानका लागि अन्तक्र्रिया, पर्यटन प्रबद्र्धन र व्यापारिक योजनाका बारेमा व्यवसायीहरुवीच छलफल, साहसिक खेल यसको प्रबद्र्धनका लागि राज्यको ध्यानाकृष्ट भई उचित व्यवस्थापन र विकासका लागि नीति बन्ने आयोजकको दाबी छ ।















प्रतिक्रिया