२१ कार्तिक २०८३, शनिबार

उर्जामन्त्री–अमेरिकी राजदूत भेटः प्रशारण लाइन निर्माणबारे छलफल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० जेठ । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चांसोका विषयमा छलफल भएको छ ।

मन्त्री पुनसँगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताइन् । मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसँग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी उर्जा मन्त्रालयले गरेको बताए । उनले त्यसका लागी सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राखे ।

‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो, यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौँ’, मन्त्री पुनले भने ।

उनले एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी गराए । नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागि वातावरण बनाईदिन आग्रह गरे ।

एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ । एमसीसीअन्र्तगत रातोमाटे–दमौली, दमौली–बुटवल, बुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केभीको प्रशारण लाइन निर्माण हुनेछ ।

त्यसैगरी बुटवलदेखी सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ ।