
काठमाडौं, १० जेठ । संसारको चौथो ठूलो सैन्य शक्ति रहेको उत्तर कोरियाली सैनिक महिलाको कथा फरक छ । सर्वोच्च नेता किम जोङ उनका सैनिक महिलालाई महिनावारी हुने छुट छैन त ?
ली सो योन १७ वर्षको उमेरमा सैन्य सेवामा भर्ती भएकी थिइन् । उनलाई निरन्तर बलात्कार माथि बलात्कार हुने गरेको थियो । सेनाका उच्च तहका अधिकारीले बलात्कार गर्ने गरेको अनुभव उनले सुनाइन् ।
४१ वर्षिया उनी त्यहाँको विश्वविद्यालयका प्राध्यापककी छोरी हुन् । उनी देशका लागि केही गर्ने इच्छामा छिन् । उत्तर कोरियाली शासनमा सैनिक महिलाले कपाल सुकाउन पनि पाउँदैन थिए । विद्युतको समस्याका कारणले त्यस्तो हुने गरेको योनले बताएकी छन् । दबाबमा कडा तालिम, खानाको कमी त त्यसै नै हुने भयो । त्यसमाथि यौनहिंसाले आक्रान्त पारेको उनले बताएकी थिइन् ।
६ महिनादेखि एक वर्षको सेवामा उनी कहिले पनि महिनाबारी भइनन् । बलात्कार र खानाको कमी तथा तनावका कारण महिला सेनामा यस्तो समस्या हुने गरेको उनले उल्लेख गरेकी छन् ।
योनले भनेकी छन्,‘कतिपय सैनिक महिलालाई स्यानेटरी प्याड र टवेललाई पुनः प्रयोगका लागि दबाब दिइन्थ्यो ।’ उनी आफैंले भने यौनहिंसाको ठूलो शिकार हुनु परेन जति उनका कमरेडहरू भए । यो उनको कार्यकाल १९९९ देखि २००१ सम्मको अवस्थाको चित्रण हो ।
कम्पनी कमाण्डर केही घन्टामा आएर सहकर्मीहरूलाई बलात्कार गर्दथे ।
महिला सैनिकले नुहानका लागि तातो पानी पनि पाएनन् । पहाडसँग सिधै जोडिएको हजको पानीले नुहाउनुपर्दथ्यो जहाँ कहिलेकाहीँ भ्यागुता र सर्प पनि फेला पर्दथे ।
उनले २८ वर्षको उमेरमा सैन्य सेवाबाट विदा लिइन् । –एजेन्सीको सहयोग















प्रतिक्रिया