२१ कार्तिक २०८३, शनिबार

बाँकेमा काम पूरा नगर्ने ठेकेदार कम्पनीको नाम संकलन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १० जेठ । बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ ।

गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन गर्ने विभिन्न सरकारी कार्यालय र स्थानिय तहसँग निर्माण कम्पनीको सूची माग गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार अहिलेसम्म समयमा काम सम्पन्न नगर्ने १२ निर्माण कम्पनीको विवरण प्राप्त भएको छ ।

प्राप्त सूचीका आधारमा समयमा काम नगर्ने, निर्माण कार्य छोडी भागेका ठेकेदारलाई पक्राउ गर्न बाँके जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी प्रक्रिया अघि बढाइने प्रजिअ केसीको भनाइ छ । रासस