२१ कार्तिक २०८३, शनिबार

सुत्केरी हुन नसकेकी महिलाको एअर लिफ्टिङ्ग मार्फत उद्दार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल

हुम्ला, ९ जेठ । हुम्लामा सुत्केरी हुन नसकेकी एक महिलाको एअर लिफ्टिङ्ग मार्फत उद्दार गरिएको छ । हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं ५, दुर्पाकी २५ बर्षिया लाउरी बुढाको जिल्ला अस्पतालमा सुत्केरी गराउन नसके पछि एअर लिफ्टिङ्ग मार्फत नेपालगञ्ज पठाईएको छ ।

बुधवार बिहान सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुर्याईएकी बुढाको पेटमा पानी बढि भएको र व्यथाको दोस्रो चरण लम्बिएका कारण जिल्ला अस्पतालमा बच्चा जन्माउन नसक्ने अवस्था आएपछि थप उपचारका लागि मनाङ्ग एअरको हेलिकप्टर मार्फत नेपालगञ्ज पठाईएको जिल्ला अस्पताल, हुम्लाका प्रमुख डा.रञ्जित कुमार यादवले बताए । हेलिकप्टर चार्ज जिल्ला अस्पतालले व्यहोर्ने यादवले बताए ।

बुढाको २० दिन अगाडी जिल्ला अस्पतालमा चेकजाँच गर्दा पेटमा रहेको बच्चा बाङ्गो रहेको देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपनि अहिलेसम्म नलगेर एक्कासी बुधवार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याएको डा.यादवले बताए । २५ बर्षिया बुढाले यस अघि दुई छोरा र एक छोरी जन्माई सकेको उनका आफन्तले बताए ।

यसैगरि गत चैत्र १४ गते खार्पुनाथ गाउँपालिकाकी एक महिलालाई घरमैं सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण मृत्यु भएको थियो ।