३ कार्तिक २०८३, मंगलबार

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक, अनिवार्य उपस्थित हुन निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरेका छन् ।

बैठक बिहीबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । नेकपाले मंगलबार ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो ।

नेकपाका केन्द्रीय कमिटीको बैठकका लागि बिहीबार ४ बजे अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।