
-नरेश के.सी.
भैरहवा , ९ जेठ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले बुधबार निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन ।
अवलोकनका क्रममा गौतम बुद्ध विमानस्थल आयोजनामा प्रमुख ओम शर्माले निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । विमानस्थल निर्माण कार्यको अवलोकन पछि सञ्चारकर्मीसँगको भेटमा यथाशीघ्र स्रोत साधन जुटाएर विमानस्थलको कार्य तीब्र गतिमा गरी निर्धारित समयमै सम्पन्न गरिने बताए ।
उनले जहाँबाट भए पनि स्रोत साधन जुटाएर निर्माण कार्यलाई अझ तीब्र पारिने बताउँदै पछिल्लो समय विमानस्थल निर्माण कार्य प्रगतिप्रति सन्तुष्ट भए पनि निर्माण कार्यलाई अझ त्रब्रता दिन आयोजना प्रमुखलाई निर्देशन दिए । मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्य सम्पन्न भएर संचालनमा आएपछि नीजि क्षेत्रलाई दिने बताउदै नीजि क्षेत्रलाई विमानस्थल दिएपछि प्रतिष्पर्धात्मक हुने दाबी गरे ।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रुटको बारेमा छलपmल भईरहेको जानकारी दिदै विमानस्थल संचालनमा आउनुभन्दा अगाडी नै हवाई रुट पाउने दाबी गरे ।
‘हवाइ रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ’ उनले भने, ‘सुरुमा पुरानो टर्मिनलबाट काम सुरु गर्छौ, काठमाडौंको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।’
मन्त्री अधिकारीले विमानस्थल निर्माणको प्रत्येक दिनको प्रगति विवरण मन्त्रालयमा पठाउन आयोजना प्रमुखलाई निर्देशन समेत दिए ।












प्रतिक्रिया