२ कार्तिक २०८३, सोमबार

सल्यानको ढोरचौर र रुकुमको त्रिवेणीमा लक्ष्मी बैंकको नयाँ शाखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।

यी थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवाप्रादन गरी शहरी/अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४ मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा र सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।