
काठमाडौं, ९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको हो । याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताएका छन् ।
१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।
उनले भने,‘याम्बालिङ् हाईड्रोपावर प्रा.ली.ले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ हामी लागेका छौं ।’
उनले भने,‘यो सँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कूल लागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।’
अध्यक्ष लामाले अघि थपे, ‘उक्त पावर हाउसबाट स्युचयाड हुँदैन ३३ के.भी. प्रसारण लाईनमार्फत ६ किमि टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रास्तावित सव–स्टेशन लगेर जोडिने छ, ६ वर्षभित्र लगानी फिर्ता हुनेछ ।’
याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईने जानकारी गराईएको छ ।















प्रतिक्रिया