५ कार्तिक २०८३, बिहिबार

पर्यटन प्याकेज सार्वजनिक गर्न शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, ९ जेठ । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने विभिन्न गन्तव्यहरुलाई समेटेर बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्र्याउने उदेश्यसहित सोट्टोले उक्त उद्घोष गरेको छ ।

वैशाख ३० गते देखि जेठ ८ गतेसम्म सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्का नेतृत्वमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकारलगायतले स्थलगत अध्ययन भ्रमण र अवलोकनपछि उक्त घोषणा गरिएको हो ।

सुन्दर सुदूरपश्चिमको प्रवर्द्धनात्मक अभियानअन्तर्गत उक्त समूहले कञ्चनपुरमा रहेका शुक्लाफाँटा, लिङ्गा, बेदकोट तालसहितको अवलोकन र अन्तक्रिया गरेर यात्रा शुरुवात गरेको थियो । त्यसपछि प्रवर्द्धनात्मक समूहले भारतबाट धेरैभन्दा धेरै पर्यटक शुक्लाफाँटा ल्याउने उदेश्यसहित हरिद्धार, नालापानी, देहरादुन, मसुरी, र ऋषिकेश, नैनितालको स्थलगत अध्ययन अवलोकनसहित ती स्थानमा अन्तक्रिया गर्दै शुक्लाफाँटासहित सुदूरपश्चिम र नेपालका विभिन्न स्थानमा पुग्नुपर्ने विषयमाथि प्रकाश पार्दै आफ्नो यात्रा अगाडि बढाएको थियो ।

प्रतिनिधिमण्डलले भारतको देहरादुनमा रहेको प्रेस क्लबसहित उत्तराखण्डका पर्यटन, बाढी नियन्त्रण, सस्कृति र सिँचाईमन्त्री श्री सत्पालजी महाराजसँग अन्तक्रिया गरेर भारतीय पर्यटक नेपाल घुम्नैपर्ने कारणबारे प्रष्ट पारेको थियो । उक्तक्रममा त्यहाँका पर्यटनमन्त्री सत्पालजीले पर्यटनका विषयमा चासो व्यक्त गर्दै आफूले नेपाल र भारतका पर्यटकहरुलाई एक आपसमा जोड्ने कार्यमा सहयोग गर्ने बताएका थिए ।