२१ कार्तिक २०८३, शनिबार

आइएपिपि एसियाका अध्यक्ष ढकाल र बंगलादेशकी सभामुख चौधरीबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, ९ जेठ । इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकालले बंगलादेशको संसदकी सभामुख शिरिन शर्मिन चौधरीसंग भेट बार्ता गरेका छन् ।

ढाकास्थित संसद भवनमा सभामुखको कार्यकक्षमा भयको भेटमा एशिया प्रशान्त क्षेत्रको स्थायी शान्ति र संमृद्धिको खातिर सरकार, संसद तथा नागरिक समाजबीचको सहकार्यको बारेमा कुरा भएको भेटमा सहभागी ढकालका सहयोगी टीका बिकले जानकारी दिइ ।

भेटमा दुर्इ मित्र राष्ट्रको आपसी हितको बारेमा पनि कुरा भएको थियो । ढकालले फिजीमा हुन गैरहेको आइएपिपि एसिया प्यासिफिकको शिखर सम्मेलनमा सहभागिताको लागि सभामुख चौधरीलार्इ निमन्त्रणा पनि दिएका छन् ।

भेटमा बंगलादेशको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिसुल हक र सांसद काजी फिरोज राशिद पनि सहभागी थिए ।

गत वर्ष आइएपिपि एसियाको अध्यक्षमा निर्बाचित ढकाल एशिया प्रशान्त क्षेत्रको शान्ति, सुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा विभिन्न राष्ट्रका संसद तथा सांसदहरूबीच साझेदारी विकास गर्न सक्रिय छन् ।