काठमाडौं, ९ जेठ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचतसंगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यसहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ ।
‘नेपाली एप्स हामी नेपालीहरूकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो ।
रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन२३ वर्षीय साहसी युवक नर्वीन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाडौं फर्किएका छन् ।
उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे ।
नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो ।
यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ ।















प्रतिक्रिया