३ कार्तिक २०८३, मंगलबार

ओलीद्वारा राजपाका अध्यक्षहरूलाई बालुवाटारमा बोलावट

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट बनेको राजपा नेपालका नेताहरूलाई परामर्शका लागि प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ साढे सात बजे प्रधानमन्त्री ओली र राजपा नेपालका अध्यक्षहरूबीच वार्ता हुने महासचिव केशव झाले जानकारी दिए ।

‘राजपा नेपालका अध्यक्षमण्डल र प्रधामन्त्रीज्यूबीच वार्ता हुँदैछ’, उनले भने, ‘समसामयिक विषयमा कुराकानी हुन्छ ।’

सरकारको तर्फबाट राष्ट्रपतिले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमप्रति राजपा नेपालले खासै चित्त बुझाएको छैन ।

सरकारलाई समर्थन गरेर प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको राजपा नेपालले नीति तथा कार्यक्रममा आफूहरूसँग कुनै पनि परामर्श नगरेको जनाएको छ ।

प्रधानमन्त्रीसँगको वार्तामा राजपा नेपालका अध्यक्षहरूले संविधान संशोधन र थुनामा रहेका रेशमलाल चौधरीका विषयमा कुरा उठाउनेछन् ।