३ कार्तिक २०८३, मंगलबार

विश्वकपको दावेदार स्पेनद्वारा टिम घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मड्रिड, ८ जेठ । रुसमा हुने विश्वकप फुटबलका लागि स्पेनले टिमको घोषणा गरेको छ । कलात्मक खेलका कारण सधै चर्चामा रहेको स्पेनले टिममा २३ खेलाडी राखेको छ ।

जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ को उपाधि दाबेदारमध्ये एक टिम मानिन्छ स्पेन ।

सन् २०१० को विश्वविजेता स्पेनको यसपटकको उपाधि जित्ने सपनासहितको यात्राका लागि २३ खेलाडीको टिम घोषणा भएको छ ।

टिममा चेल्सीका स्ट्राइकर अल्भारो मोराटा अटाउन सकेनन् । रियल मड्रिडबाट यहि सिजन चेल्सी गएका मोराटाले यो सिजन ११ गोल गरे ।

यस्तै शनिबार राति भएको एफए कपको फाइनलमा उनले अन्तिम समयमा गरेको गोलबाट नै चेल्सीले उपाधि उचालेको थियो । उनी स्पेनको कलात्मक टिममा परेनन् ।

प्रशिक्षक जुलेन लोपेटेगीले फ्रन्ट लाइनमा चार खेलाडी राख्ने आफूहरुको चाहना नरहेको बताए । यसले गर्दा नै मोराटा टिममा अटाएनन् ।

मोराटाले सन् २०१७ को नोभेम्बरमा अन्तिम पटक स्पेनबाट खेलेका थिए । उनले कोस्टारिकामाथि ५–० को जित निकाल्ने क्रममा गोल गरेका थिए । मोराटाले आफू टिममा नपरे पनि ट्वीमटर मार्फत टिमलाई शुभकामना दिएका छन् ।

मार्कस एलोन्सो, सेस फाब्रिगास र हेक्टर बेलेरनी पनि टिममा परेका छैनन् । तर टिममा डिएगो कोस्टा भने अटाएका छन् ।

स्पेनले विश्वकप अभियानको सुरुवात जुन १५ मा सोचीमा पोर्चुगलसँगको खेलबाट सुरु गर्नेछ । समूह बी मा स्पेन, पोर्चुगल, मोरक्कको र इरान रहेका छन् ।

गोलरक्षकमा डेविड डी जिया, पेपे रिइना र केपा अर्रिजाबालागा रहेका छन् । डिफेन्डरमा जोर्डी अल्बा, नाचो मोनरियल, अल्भारो ओड्रिओजोला, नाचो फर्नान्डेज, डानी कारवाहाल, जेराड पिके, सर्जिओ रामोस र केसर एज्पिलिक्युटा अटाएका छन् ।

मिडफिल्डरमा सर्जिओ बास्क्वेट, इस्को, थिएगो एल्कानतारा, डेविड सिल्भा, आन्द्रेस इनिएस्टा, साउल निगुएज, कोके तथा
फरवार्डसमा मार्को एसेन्सिओ, लागो एस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरिनो, लुकास भाज्क्वेज रहेका छन् । – एजेन्सी