१ कार्तिक २०८३, आइतबार

मृतकका आफन्तलाई बीमा रकम उपलब्ध

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ ।

कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स र पोल्याण्ड गएका दुई जनाको मृत्यु भएपछि उनीहरुका आफन्तलाई रकम हस्तान्तरण गरिएको हो ।

धनुषा जिल्लाको साविक गोदार वडा नं.८ का शंकर कुमार खपाङ्गीको नेपाल युएई गई बिरामी भएर आएका थिए । उनको उपचारको क्रममा नेपालमै मृत्यु भएको थियो । यस्तै सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएको थियो ।

दुबै बीमितको मिति आइतबार कम्पनीमा दाबी दर्ता हुनआएकोमा मृतक बीमित खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं रु तेह्र लाख र रु चौध लाख रकम उपलब्ध गराइएको हो ।

रकम कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले हस्तान्तरण गरेका हुन् ।