१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकको थप ५ नयाँ स्थानबाट बैंकिङ सेवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । माछापुच्छ्रे बैंकले थप पाँच स्थानबाट सेवा शुरु गरेको छ । गएको १ गते १० नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

आइतबार सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ ।

साथै बैंकले कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित  शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरि रु. ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०० स्थानवाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा छन् ।