
बुटवल, ७ जेठ । बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय स्तरको तालिम अनजिप २०१८ को समापन भएको छ । युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको तालिममा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिएका थिए ।
कोटीहवामा रहेको टाईगर प्यालेश रिर्सोटमा ३ दिन सम्म चलेको तालिमामा नेपाल र भारतका गरी ५० जना भन्दा बढिको सहभागिता रहेको थियो । समापन समारोहमा बोल्दै सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै आफ्ना खराव आचारणहरु हटाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । जेसीआई ईण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकले नेपाल र भारतका दुई शाखाले आयोजना गरेको तालिमले दुई देशका युवाहरुको सम्बन्ध मजवुत बनाउन सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारी, जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष विनित पौदार, कार्यक्रम संयोजकद्धय नरदेव न्यौपाने, पुनित अग्रवालले तालिम फलदायी भएको बताए ।












प्रतिक्रिया