३ कार्तिक २०८३, मंगलबार

राफायल नाडाललाई शीर्ष स्थान पक्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ जेठ । स्पेनिस राफायल नाडाल विश्व वरीयतामा शीर्ष स्थानमा फर्किने पक्का भएको छ । कीर्तिमानी ८ औँ पटक इटालियन ओपन टेनिसको उपाधि जितेसँगै नाडाल विश्व बरियतामा शीर्ष स्थानमा फर्किने निश्चित भएको हो ।

नाडालले साबिक विजेता एलेक्सान्ड्र ज्वेरिवलाई ६–१, १–६ र ६–३ को सेटमा हराएका हुन् । जितसँगै नाडाल आउँदो आइतबारदेखि सुरु हुने फ्रेन्च ओपन अघि सार्वजनिक हुने नयाँ विश्व बरियतामा शीर्ष स्थानमा पुग्ने पक्का भएको छ ।

नाडालले स्वीस रोजर फेडेररलाई पछि पार्दै बरियतामा पहिलो स्थान लिनेछन् । फाइनलमा ३१ वर्षका नाडालले दोस्रो सेटमा लगभग खेल गुमाए जस्तो देखिएको थियो । तर उनले अर्को सेटमा पुनरागमन गरेर उपाधि जितेका हुन् ।

इटालियन ओपनका सबैभन्दा सफल खेलाडी हुन् नाडालले । उनले ८ पटक उपाधि जितेका छन् । सर्बियन नोभाक जोकोविचले चार पटक इटालियन ओपनको उपाधि जितेका छन् । – एजेन्सी