१ कार्तिक २०८३, आइतबार

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ जेठ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखि शुरु भएको छ ।

आधारभूत तहबाटै टेनिस खेलको अभ्यासमा सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितात्मक खेलको उद्घाटन आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, हेम लामा, डा. इन्द्रजीत राई र हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले संयुक्त रुपमा नाउलिङ्ग स्पोर्टस भिल्ला भंगालमा गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले अहिलको प्रतिष्पर्धी यूगमा पढाइका अतिरिक्त अन्य विषयमा पनि ज्ञान र अनुभव आवश्यक पर्ने हुँदा बालबालिकाहरुमा खेलकुदप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

आजको प्रतियोगितात्मक खेलमा आठ वर्ष मूनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ्, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् । अन्य समूहका लागि प्रतियोगितात्मक खेल काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा हुनेछन् ।