१ कार्तिक २०८३, आइतबार

इन्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिडेट स्थापनाका लागि राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।

राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यका लागि अहम भूमिका तथा योगदान पु¥याउने लक्ष्य सहित स्थापना गर्ने प्रतिवद्धता अनुसार राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी, सैद्धान्तिक सहमति एवं सिफारिस समितिका पदाधिकारी लगायत बैंकका संचालक समितिको उपस्थितिमा राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले सैद्धान्तिक सहमतिपत्र प्रदान गरे ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चुक्तापुँजी २० अर्ब रुपैयाँ रहेकोछ । जसमध्ये संस्थापक समूहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समूहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।

सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।