
काठमाडौँ, ६ जेठ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीको केन्द्रीय अुनसन्धा ब्यूरोले पक्राउ गरेको छ ।
महोत्तरीको तत्कालीन रामनगर गाविस ३ बस्ने ३१ आरती गिरीलाई सीआइबीले आज बिहान काठमाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो ।
गिरीले वैदेशिक रोजगारीका लागि ६ महिना भित्रमा इजरायल पठाईदिन्छु भनि २०६८ मंसिर २८ गते पदम सुन्दरी श्रेष्ठबाट तीन लाख तीस हजार र गिता श्रेष्ठबाट एक लाख पचपन्न हजार गरि चार लाख पचासी हजार रकम ठगेकी थिइन् ।
विदेश पठाउने भनि कागज भरपाई समेत गरेको तर, वैदेशिक रोजगारीमा नपठाई, लिएको रकम समेत फिर्ता नगरी फरार भएकी थिइन् ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार न्यायाधिकरणले २०७० असार ३ गते गिरीलाई १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
फरार रहेकी गिरीलाई सीआइबीले पक्राउ गरि आजै काठमाडौँ जिल्ल अदालतमा पेश गरि अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।












प्रतिक्रिया