२१ कार्तिक २०८३, शनिबार

संगठन जगाउन जनमोर्चाको दुई महिने अभियान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ जेठ । राष्ट्रिय जनमोर्चाले राजनीतिक प्रचार र सांगठनिक काममा लागि दुई महिने अभियान सञ्चालन गर्ने भएको छ । आउँदो असार १ गतेदेखि श्रावन मसान्तसम्सम्म देशव्यापी रुपमा कार्यक्रम गर्ने जनमोर्चाको यतारी छ ।

कार्यक्रमलाई सफल बनाउन कार्यकारी अध्यक्ष रश्मीराज नेपाली संयोजक रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ । समितिमा दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, बासुदेव पोख्रेल र मिना पुन सदस्य छन् ।

प्रचार कार्यमा जिल्लाको स्थिति अनुसार एउटा जिल्लामा कम्तिमा एउटा सभाको कार्यक्रम र कुनै जिल्लामा दुई/तीन ठाउँमा पनि सभा वा पत्रकार सम्मेलनका कार्यक्रमहरु हुने जनमोर्चाले जनाएको छ ।

साथै जनमोचाले बिगत केही महिनादेखि लगातार हुँदै आएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि घटना सरकारसँग माग गरेको छ । मूल्य बृद्धिले यातायात, उद्योग व्यवसाय तथा सर्वसाधारणका दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको उसको भनाई छ ।