३० आश्विन २०८३, शुक्रबार

कर्नाटकमा नरेन्द्र मोदीको पार्टीको सरकार ३ दिनमै ढल्यो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ५ जेठ । कर्नाटक विधानसभामा शनिबार विश्वासको मत साबित गर्नु पहिले नै मुख्यमन्त्री बिएस येदियुरप्पाले राजीनामा दिने घोषणा गरेका छन् । योसँगै कर्नाटकमा भारतीय जनता पार्टी, भाजपाको सरकार ढलेको छ ।

विधानसभाको २२२ सिटमा भएको चुनावमा भाजपाले १०४, कांग्रेसले ७८ र जनता दल सेक्युलरले ३७ सिटमा जित हाँसिल गरेको छ । कांग्रेसले जेडिएसलाई समर्थन दिएको थियो तर राज्यपाल वजूभाई वालाले सबैभन्दा धेरै सिटमा जित हाँसिल गरेको पार्टी अर्थात भाजपालाई सरकार बनाउनका लागि आग्रह गरेका थिए ।

यो पूरै विषयमा सर्वोच्च अदालतको ठूलो भूमिका रह्यो । येदियुरप्पाले शपथग्रहण लिएपछि सर्वोच्च अदालतले कर्नाटकमा सरकार बनाउनका लागि शनिबार बेलुका ४ बजेसम्म भाजपाले सदनमा बहुमत साबित गर्नु पर्ने आदेश दियो ।

तर भारतीय राजनीतिमा यस्तो रोमाञ्चक राजनीतिक अवस्था पहिलो पटक आएको होइन । राजनीतिको इतिहास यस्ता घटनाले भरिएका छन् । – एजेन्सी