काठमाडौं, ५ जेठ । एशियाकै ठूलो बियर कम्पनीहरूमध्ये एक युनाइटेड ब्रुअरिज लिमिटेडले यति ब्रुअरीसँग सहकार्य गरी उत्कृष्ट ब्राण्ड– किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा ल्याएको छ ।
युनाइटेड ब्रुअरिज लिमिटेड ग्लोबल बियर लिडर हेनेइकन एनभीसँगको संयुुक्त उद्यम हो ।
युनाइटेड ब्रुअरिजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरूको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको छ । विभिन्न क्षेत्रहरूमा विस्तारित गरी बजारको हिस्सालाई समेट्नेछ ।
युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ ।
किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गइरहेको छ ।
युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममूर्तिले किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड भएको बताए ।
यति ब्रुअरीका प्रबन्ध निर्देशक सञ्जिव सराफले ‘किङ्गफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए ।
नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एम एल को बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य रु. २७५ रहेको छ ।
त्यसै गरी ५०० एम एल को क्यानको मूल्य रु. २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एम एल बोटलको मूल्य रु. २३५ तथा क्यानको मूल्य रु. १८० तोकिएको छ ।















प्रतिक्रिया