
काठमाडौं । अभिनेत्री निशा अधिकारीले अमेरिकामा शुक्रबार छोरो जन्माएकी छिन् । क्रिकेटर शदर भेषावकर र निशा अभिभावक बनेका छन् । एक अस्पतालमा नायिका निशा अधिकारी आमा बनेकी हुन् । जन्मनासाथ छोराको नाम राखिएको छ ।
निशाले फेसबुकमा छोराको नाम युवन निशरद भनेर लेखेकी छिन् । उनी सन्तान जन्माउनका लागि अमेरिकाको टेक्सास पुगेकी थिइन् ।
नायिका अधिकारीले फेसबुकमार्फत् आफ्नो र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् । अमेरिकामा सन्तान भएपछि निशाको ग्रिनकार्ड हुने पक्का छ ।















प्रतिक्रिया