४ कार्तिक २०८३, बुधबार

पत्रकार धमलाकी पत्नी एलिजा अर्कैको अंगालोमा… (भिडियोसहित)

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अर्कैको अंगालोमा देखिएकी छिन् । अर्कैको अंगालोमा बाँधिएकी एलिजाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सबैतिर यसकै चर्चा भएको देखिन्छ ।

तर यसबाट ऋषि धमला भने खुसी देखिन्छने । किनकी यो एलिजा अभिनित चलचित्र ‘अनुराग’ को नयाँ गीतको पोष्टर हो । भरत गौतम र गीता भेटवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता ऋषि धमला हुन् । चलचित्रको निर्देशन सत्यराज चौलागाईले गरेका छन् । यसको निर्माण नियन्त्रक नविन पुरीको रहेको छ ।

चलचित्र ‘अनुराग’ को सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘यस्तो साथ बन्छु म’ बोलको गीत सार्वजनिक भएको छ । सत्यराज यस. आर.सी.को शब्द रहेको र सरोज पोखरेलको संगीत रहेको उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।

चलचित्रमा एलिजासँगै सुमन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई र दावा लामालगायत कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :