डोल्पा, ५ जेठ । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको नाउलीमा होटेल गर्दै आएका एक वृद्ध सहित राष्ट्रिय निकुञ्जका कर्मचारीमाथि कुटपिट भएको छ ।
जेठ १ गते मंगलबार साँझ माधक पदार्थ सेवन गरी आएका १० जनाको समूहले जगदुला गाउँपालिका वडा नं. ५ बस्ने वृद्ध कृतसिंह महतारा चिर्पट दाउराले हिर्काएको हो । वृद्ध महतारालाई किन हानेको भन्दै छुट्टाउन खोज्दा शे फोक्सुन्डो राष्टिय निकुञ्जका २ जना महिला कमर्चारीमाथि समेत कुटपिट भएको छ ।
यार्सागुम्बाको रोयल्टी काट्नका लागि हेड क्वाटर सुलीगार्डबाट नावली पोष्टका खटिएका जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. १० गैरागाउ स्थायी घर भएकी शर्मिला हमाल र जुम्ला तातोपानी गाउँपालिका वडा नं. ५ स्थायी घर भएकी जयन्ती न्यौपानेलाई कुटपिट गरेको उनीहरूले बताएका छन् । कुटपिटबाट जयन्ती न्यौपानेको दायाँ हातमा चोट लागेको छ ।
वृद्ध महतारालाई ४ जनाले घाँटी थिँचेर कुटपिट गरेको देखेपछि निकुञ्जका कर्मचारीहरू छुट्याउन गएका थिए ।
कुटपिटमा संलग्न दश जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोडीचौर गाउँपालिका वडा नं. ३ गज्र्याङकोट घर भएका २० वर्षका कुमसिहं कामी र सोही ठेगाना कै ३० वर्षका मनोज विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फरार भएका अन्य चारजना पनि जुम्लामा पक्राउ परेका छन् ।













प्रतिक्रिया