काठमाडौँ, ४ जेठ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किङ्सलाई १६३ रनको विजय लक्ष्य पेश गरेको छ । दिल्ली नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । दिल्लीका रिशव पन्तले ३८ तथा विजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले १९ रन बनाए ।
चेन्नइका लंगी जिडीले २ तथा दिपक चहर, रविन्द्र जदेजा र शार्दुल ठाकुरले समान १ विकेट लिए ।















प्रतिक्रिया