३ कार्तिक २०८३, मंगलबार

आईपीएल : सन्दीपले आज धोनीलाई बलिङ गर्दै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार दोस्रो पटक बलिङ गर्दै छन् । दिल्ली डेयरडेभिल्सको लागि खेलिरहेका उनले शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध बलिङ गर्न लागेका हुन् ।

यसअघि उनले रोयल च्यालेन्जर्स बैंलोरको बिरुद्ध बलिङ गरिसकेका छन् । सो खेलमार्फत उनले आईपीएलमा ‘डेब्यु’ गरेका हुन् । सो खेलमा ४ ओभरमा २५ रनमात्र खर्चेर पार्थिव पटेलको विकेट लिएपछि उनको विश्वभर चर्चा बढेको छ ।