२१ कार्तिक २०८३, शनिबार

विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ४ जेठ । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ ।

जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उहाँले जानकारी दिनुभयो ।

सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको समेत निधन भएको थियो । –रासस