
कपिलवस्तु, ४ जेठ । कक्षा ५ मा १ सय ५३ जना विद्यार्थी रहेका छन । कक्षामा जम्मा ६० जनाको मात्र सिट रहेको छ । विद्यालयमा शिक्षक नहुँदा सिट संख्या भन्दा तेव्वर विद्यार्थीहरु उभिएर पढन बाध्य छन ।
बसेर पढन पाउनुपर्ने विद्यार्थीहरुको अधिकार हो । तर, शिक्षकको अभावले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको राष्ट्रिय उच्च माविमा अध्ययनरत विद्यार्थीहरु उभिएर पढन वाध्य भएका हुन । विद्यालयका कक्षा कोठाहरु खाली रहेपनि शिक्षक नहुँदा विद्यार्थीहरु उभिएरै पढन बाध्य रहेका छन ।
दरवन्दी नभएको र आन्तरिक स्रोत नहुँदा र विद्यालय व्यावस्थापन समितिको अवधि सकिएको लगायतको कारणले विद्यालयमा शिक्षक नियुक्त गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेले बताए । विद्यालयमा सम्पूर्ण कक्षमा विद्यार्थीहरुलाई खण्ड खण्ड बनाई पढाउन आवश्य रहेको भएपनि शिक्षक नहुँदा समस्या भएको पाण्डेले बताए ।
एउटै कक्षाकोठामा करिब २ सय विद्यार्थीहरु पढाउन समस्या भइरहेको शिक्षक विष्णु भण्डारीले बताए । भण्डारीले भने, ‘६० जना विद्यार्थीहरु बस्न पाउाछन अरु सबै उभिएर पढन बाध्य छन ।’
विगतका वर्षमा भन्दा विद्यार्थीहरुको चाप वढेको भएपनि गुणस्तरीय शिक्षा दिनको लागि थप शिक्षक आवश्य रहेको बताइएको छ । सरकारले सामुदायिक विद्यायको शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने भनेको भएपनि शिक्षकको अभावले राष्ट्रिय उच्च माविमा शिक्षाको अवस्था खस्किदै गएको छ ।
विगतका समयमा आन्तरिक स्रोतको रुपमा विद्यालयले हाटबजार व्यावस्थापन गर्दै आएको भएपनि अहिले स्थानीय तहले लगेपछि विद्यालयलाई आन्तरिक स्रोत जुटाउन मुस्किल परेको हो । विद्यालयमा अहिले १७ जना शिक्षक रहेका छन । थप ४ जना शिक्षक राख्न सकेमा विद्यालयको शैक्षिक अवस्थामा सुधार आउने विद्यालयले जनाएको छ ।












प्रतिक्रिया