२१ कार्तिक २०८३, शनिबार

त्रिविले दियो प्राध्यापकहरुलाई सेमेष्टर तालिम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं। ४ जेठ । त्रिभुवन विश्वविद्यालयले सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले सेमेष्टर प्रणालीको बारेमा तालिम दिनसक्ने प्राध्यापकहरु निर्माण गर्नका लागि सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा त्रिविले सञ्चालनमा रहेको सेमेष्टर प्रणालीलाई वढि व्यवहारिक एवं उपयुक्त बनाउन आंगिक क्याम्पस एवं विभागमा कार्यरत ३४ जना प्राध्यापकहरुलाई सेमेष्टर प्रणालीको बारेमा तालिम दिनसक्ने बनाएको छ ।

कार्यशाला गोष्ठीमा कक्षाकोठालाई कसरी प्रयोग गर्ने ? सिक्ने र सिकाउने अभ्यासमा कसरी परिवर्तन गर्ने ? पाठ्यक्रमा के कस्ता विषयहरुलाई प्राथमिकता दिने ? विद्यार्थीलाई दिईने प्राज्ञिक जिम्मेवारीको छनोट कसरी गर्ने ? विद्यार्थीको उत्तरपुस्तिका मुल्यांकनलाई कसरी वैज्ञानिक एवं व्यवहारिक बनाउने ? विद्यार्थीको क्षमताको पहिचान कसरी गर्ने? कार्यपत्र निर्माण एवं प्रस्तुत गर्दा के विषयमा ध्यान दिने? के आधारमा विद्यार्थीलाई नम्वर दिने ? लगायतका सिकाईका विभिन्न आयामहरुको बारेमा छलफल गरि प्राध्यापकहरुलाई अब सेमेष्टर प्रणालीका बारेमा तालिन दिन लगाउने भएको छ ।

गोष्ठीमा त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन नसक्ने र यसलाई सवै तहमा सञ्चालन गर्ने बताए । सेमेष्टर प्रणालीमा उपयुक्त छलफल एवं योजना बनाएर लागु नगरिएकोले समस्या निर्माण भएको भन्दै त्रिविले कक्षाकोठाको सुधार गर्दै व्यवस्थित बनाएर सेमेष्टरलाई अघि वढाउने योजना रहेको बताए ।

प्राध्यापकहरुलाई थप जिम्मेवार बनाउने र क्याम्पस एवं विभागबाटै परीक्षाको अन्तिम नतिजा दिनसक्ने व्यवस्था निर्माणका लागि आफूहरु प्रयत्नशील रहेको खनियाले बताए ।