३ कार्तिक २०८३, मंगलबार

यी हुन् पोर्चुगलका विश्वकप खेल्ने खेलाडी, नयाँ टिम घोषणा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल, ४ वैशाख । पोर्चुगलले रुसमा हुन लागेको विश्वकप २०१८ का लागि टिम घोषणा गरेको छ । सन् २०१६ मा युरोपक फुटबलको उपाधि जितेको पोर्चुगल अहिले विश्वकपको तयारीमा जुटेको छ ।

विश्वकप सुरु हुन एक महिनाभन्दा पनि कम समय बाँकी रहेका बेला टिम घोषणा भएको छ । विश्वकपका लागि घोषणा गरिएको टिममा पोर्चुगललाई युरोकपको ऐतिहासिक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलको धेरै खेलाडी छैनन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले युरोकप विजेता टिमका धेरै खेलाडीलाई विश्वकप टिममा समावेश गर्न नसक्दा दुःख लागेको बताएका छन् ।

टिममा नपर्नेमा नानी, आन्द्रे गोमेस र रेनाटो सान्चेज प्रमुख खेलाडी हुन् । लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेजले यो सिजन लोनमा बिताएका थिए ।

यस्तै युरोकप फाइनलको अतिरिक्त समयमा पोर्चुगलका लागि विजयी गोल गरेको एडर पनि टिममा परेका छैनन् । विश्वकपमा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको कप्तानी गर्ने छन् ।

युरोपको च्याम्पियन बन्ने बेला साथामा रहेका खेलाडीलाई विश्वकपमा समावेश गर्न नसक्दा दुःख लागेको प्रशिक्षक सान्तोसले बताएका छन्, उनीहरु सबै फुटबल इतिहासमा देशको नाम लेखाउने प्रमुख पात्र रहेको उनको भनाई छ ।

रोनाल्डो र लुइस फिगोपछि पोर्चुगलको टिमबाट धेरै खेल खेलेका नानी गएको वर्षको कनफेडेरेशन कपपछि राष्ट्रिय टिमबाट खेलेका छैनन् । पोर्चुगल विश्वकपका लागि स्पेन, मोरक्को र इरानसहित समूह बी मा रहेको छ ।

टिमको गोलरक्षकमा एन्थोनी लोपेज, बेटो र रुइ पाट्रिसिओ चयन भएका छन् । डिफेन्डरमा ब्रुनो एल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस रहेका छन् ।

मिडफिल्डरमा एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोएओ मारिओ, जोएओ माउटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो तथा फरवार्डसमा आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, रिकार्डो क्वारेस्मा चयन भएका छन् । – एजेन्सी