१ कार्तिक २०८३, आइतबार

पार्टी एकताले सेयर बजारमा के असर पर्‍यो ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहीबार भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया सहज रुपमा अगाडि बढेको भन्दै बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी गरिएको छ । स्टकका अनुसार बिहीबार कूल १५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर रु २८ करोड ५४ लाख ५५ हजार १४१ मूल्यमा खरिद बिक्री भएका थिए ।

स्टकका अनुसार आज पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो । बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ । –रासस