३ कार्तिक २०८३, मंगलबार

गोकर्ण विष्टको अर्काे लोकप्रिय काम, तोडिदै वैदेशिक रोजगारको सिन्डिकेट

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ जेठ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट अर्काे लोकप्रिय काम गरेका छन् । उनले अब वैदेशिक रोजगारीमा रहँदै आएको सिन्डिकेट तोड्ने घोषणा गरे ।

बिहीबार विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्फबाट खारेज गर्ने जानकारी दिए । मलेसिया सरकारले नै मलेसिया पुग्ने विभिन्न देशका कामदारमाथि यो शुल्क लगाउँदै आएको छ ।

त्यस्तै, रोजगारीमा जाने कामदारहरुसँग भिषा र स्वास्थ्य परीक्षण शुल्क लिन पाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए । माइग्राम, वान स्टेप सेन्टर, आइएसी लगायत शुल्क नतिर्न सरकारले निर्णय गरेको उनले बताए ।

नेपाल सरकारमा सूचीकृत भएका सबै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय समेत गरिएको मन्त्री विष्टले जानकारी दिए ।