काठमाडौँ, ३ जेठ । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । बुधबार ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५८ हजार ४०० रुपैयाँमा झरेको हो ।
दुई दिनदेखि सुनको मूल्य लागातार घटिरहेको छ । डलरको भाउ बढेपछि सुन बजारमा त्यसको प्रभाव देखिएको हो । त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ३ सय रुपैयाँले घटेको हो ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।















प्रतिक्रिया