१ कार्तिक २०८३, आइतबार

त्रिवेणी गाउँपालिकामा हस्तकलाका सामान बनाउने तालिम

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान, ३ जेठ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यान र त्रिवेणी गाउँपालिकाको सयुक्त आयोजनामा १५ दिने हस्तकला सामाग्री निर्माण गर्ने तालिम लुहाममा संचालन भएको छ । तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले गर्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्दा आम्दानी गर्न सकिने बताए ।

महिलाहरुले सिकेको सिपलाई अधिकतम रुपमा प्रयोग गर्दै आईरहेका उदाहरण प्रसस्तै भएको अवस्थामा यसरी घरेलु कार्यालय र त्रिवेणी गाउँपालिकाद्धारा दिईएको सिप विकास तालिमपश्चात उद्यमी बन्नेको संख्यामा बृद्धि हुने धारणा प्रमुख विष्टको छ ।

जिल्ला समन्वय समितिका उप प्रमुख हरी प्रकाश बुढाथोकिले दलित समुदायका लागि दिईएको हस्तकलाबाट निर्मित सामान बनाउने तालिम समय अनुकुल रहेकाले यस तालिम पश्चात महिलाहरु व्यवसायमा सक्रियताका साथ लाग्ने धारणा व्यक्त गरे । त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले महिलाहरु उद्यमी बनेमा आफनो जीवनस्तरमा मात्र परिवर्तन नभई गाउँ र जिल्लाको विकास हुने बताए ।

‘तपाईहरु सिप सिकेर व्यवसाय गर्नुहोस, व्यवसाय गर्दा सिपको आवश्यक भएमा गाउँपालिका सहयोग गर्न तयार छ’, अध्यक्ष डाँगीले भने । अवको दिगो आर्थिक विकास उद्यमशिलताका माध्यमवाट मात्रै सम्भव रहेकाले आगामी वर्षका कार्यक्रममा यसलाई जोड दिने धारणा अध्यक्ष डाँगीले व्यक्त गरे ।

घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले सिकेको सिपलाई अधिकतम रुपमा स्वदेशमै प्रयोग गर्दा मनग्य आम्दानी गर्न सकिने भएकाले उद्योग संचालन गर्न तालिमका प्रशिक्षार्थीलाई आग्रह गरे । कम लगानीमा उद्योग संचालन गर्न सकिने र नेपाल सरकार उद्योग मन्त्रालयले महिलाद्धारा संचालित लघु उद्योगलाई निःशुल्क दर्ता गर्दै आईरहेकाले कानुनी दायरामा आई सरकारद्धारा दिईने सेवा सुविधा लिन महिला उद्यमीहरुलाई वरिष्ठ उद्योग अधिकृत न्यौपानेले आग्रह गरे ।

त्रिवेणी गाउँपालिकाका दलित समुदायका व्यक्तिलाई सिप सिकाई आयआजन गर्ने उदेश्यका साथ संचालन भएको १५ दिने तालिममा गुडिया, विभिन्न डिजाइनका फूल, विभिन्न डिजाइनका कुसन लगायतका हस्तकलाबाट निर्मित सामान तयार हुनेछन् ।

घरेलु कार्यालयबाट १० जनालाई सिप सिकाउने लक्ष्य भएपनि दलित समुदायबाट महिलाहरुको यस तालिमप्रति आक्रर्षण बढेकाले १८ जनालाई तालिममा समावेश गरिएको घरेलुका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए ।

हस्तकला तालिममा महिलाको आक्रर्षण बढ्दो

हस्तकलाबाट निर्मित सजावटका सामान निर्माण, क्रिष्टल गहना, फेव्रिक माला बनाउने तालिम प्रति सल्यान जिल्लामा महिलाको आक्रर्षण बढ्दो छ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानद्धारा शारदा नगर पालिका, वागचौर नगर पालिका, सिद्धकुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकामा संचालन भएका हस्तकलावाट निर्मित सामान बनाउने तालिमका लागि महिला उद्यमीको रुचि र चाहना बढेको हो ।

छोटो अवधिको तालिमवाट हस्तकलावाट निर्मित सामान बनाउन सिप सिक्ने भएकाले महिलाहरुको आक्रर्षण बढेको प्रशिक्षक रितिका पन्त बताउँछिन् । छोटो समयमा हस्तकलावाट निर्मित सामानहरु कुसन, विभिन्न प्रकारका उनका रुमाल, कपडामा वुटा वन्ने डिजाइन, गुडीया लगायतका सामानहरु बनाउन सल्यानी महिलाहरुले निकै चासो दिएको र यस तालिम पश्चात व्यवसाय संचालन गर्दै उद्यमी बन्ने गरेको प्रशिक्षक रितिका पन्तले बताईन् ।

‘पाँच हजार रुपयाँ लगानी गरेर व्यवसाय संचालन गर्न सकिने भएकाले पनि यसप्रति महिलाको आक्रर्षण बढेको तालिम अवधिमै मैले पाएको छु’ प्रशिक्षक पन्तले भनिन् ।