काठमाडौँ, १ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.६२ रुपैयाँ र बिक्रिदर १०९.२२ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२९.११ रुपैयाँ र बिक्रिदर १२९.८२ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४६.९२ र बिक्रिदर १४७.७४ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.४२ रुपैयाँ र बिक्रिदर ८१.८७ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.६२ रुपैयाँ र बिक्रिदर ८५.०९ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५९.९७ रुपैयाँ र बिक्रिदर ३६१.९६ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.८३ रुपैयाँ र बिक्रिदर ३०.०० रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.४६ रुपैयाँ र बिक्रिदर २७.६१ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०९ र विक्रिदर १०.१४ तथा १० जापानी येन को खरिददर ९.८८ र बिक्रिदर ९.९३ रहेको छ ।
















प्रतिक्रिया