४ कार्तिक २०८३, बुधबार

गायिका ज्योति मगर भन्छिन्– आमा बन्ने रहर छ, छोरी भए गर्भपतन गर्छु !

49.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका ज्योति मगरले विहे भएर सन्तान जन्माउनुपरे छोरालाई मात्र जन्म दिने, छोरी भए गर्भपतन गर्ने बताएकी छन् । महिलाहिंसाको विषयलाई उठाउँदै उनले प्रतिकात्मक विरोधका लागि यस्तो भनेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मुना अधिकारीको बयानसम्बन्धि विषयलाई उठान गर्दै मगरले लेखिन्,‘म विहे गर्छु कि गर्दिन थाहा छैन । तर सन्तालाई जन्म दिने इच्छा छ । तर म छोरा भएमात्र जन्म दिनेछु, छोरी भइन् भने गर्भपतन गर्नेछु ।’

उनले अगाडी लेखेकी छिन्,‘किनकी छोरीलाई जन्म दिएँ भने उनी बलात्कार हुनेछिन् । भाग्यले बाँचिन भने पनि श्रीमान् या ब्वाईफ्रेनबाट हिंसाको शिकार हुनेछिन् । दुवैसँग प्रतिकार गरी लडेर अगाडी बढिन् भने पनि उनलाई छोरी होस् तँ भन्दै ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउने, उनको स्वतन्त्र भएर लगाउने, खानेर बाँच्ने अधिकार खोस्ने प्रयास हुनेछ ।’