काठमाडौँ, १ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.७२ रुपैयाँ र बिक्रिदर १०८.३२ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२८.०९ रुपैयाँ र बिक्रिदर १२९.८० रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४६.४५ र बिक्रिदर १४७.२७ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.३३ रुपैयाँ र बिक्रिदर ८१.७८ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.३७ रुपैयाँ र बिक्रिदर ८४.८४ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५७.२९ रुपैयाँ र बिक्रिदर ३५९.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५८ रुपैयाँ र बिक्रिदर २९.७५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२७ रुपैयाँ र बिक्रिदर २७.४२ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०८ र विक्रिदर १०.१४ तथा १० जापानी येन को खरिददर ९.८३ र बिक्रिदर ९.८९ रहेको छ ।
















प्रतिक्रिया