१३ कार्तिक २०८३, शुक्रबार

सिलवालविरुद्धको कीर्ते मुद्दाको फाइल फेरि अगाडि बढ्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । एमाले संसद एवं पूर्वडिआईजी नवराज सिलवालविरुद्धको कीर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको कीर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकारी वकिल कार्यालय स्रोतकाअुनसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता गर्न लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख वकिलको कार्यलय काठमाडौंका प्रमुख एवं सहन्याधिवक्ता सूर्यराज दाहालले उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन् ।