काठमाडौं । हास्य कलाकार किशोर भण्डारीले निर्देशन गरेको फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ ।
‘चङ्गा’ फिल्म जेठ २५ गते रिलिज हुँदैछ । फिल्म हास्य र सस्पेन्सका विषय समेटिएको छ । किशोर भण्डारी लिखित फिल्मलाई ‘बुनु मैचाँ’बाट चर्चा बटुलेकी हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।
फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमवर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।
राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।















प्रतिक्रिया