१ कार्तिक २०८३, आइतबार

निरन्तर ओरालो लाग्दै शेयर बजार : दश अंकले घट्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो । सोमबार कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ ।

तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ । –रासस