१ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकको एकैदिन ६ शाखा संचालन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ बैशाख । सिटिजन्स बैंक लिमिटेडले एकैदिन ६ वटा शाखा संचालनमा ल्याएको छ ।

सोमबार केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलनमा बैंकका कार्यकारी प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरको माध्यमबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि शाखाको उद्घाटन गरे ।

सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्दनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । बैंकले ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७÷७५ मा पाल्पाको छहरा, नवलपरासीको भूमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ । नियमनकारी निकायको निर्देशनअगावै बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो ।

२०६८ सालमा हुम्लाको सिमिकोट र २०७० सालमा डोल्पामा शाखा संचालनमा ल्याएको थियो । बैंकले अब छिट्टै नै प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा शाखा संचालन गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए ।

बैंकले देशभर ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।